दफा १३
काउन्सिलको कोष
(१) काउन्सिलको एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहने छन् र काउन्सिलको सबै खर्च सोही कोषबाट व्यहोरिनेछः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार वा संघ संस्थाबाट प्राप्त आर्थिक अनुदान वा सहायता रकम,
(ग) काउन्सिलले अन्य कुनै स्रोतबाट प्राप्त गरेको रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिम आर्थिक अनुदान वा सहायता प्राप्त गर्नु अघि काउन्सिलले नेपाल सरकारको अनुमति लिनु पर्नेछ ।
(४) काउन्सिलको कोषको सञ्चालन तोकिएबमोजिम हुनेछ ।